धरान । सुनसरी १ को तातो मत परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यलयले धरान उपमहानगर वडा नम्बर ९ को मत गन्ती गर्दैगर्दा १६६१ मतले हर्क साम्पाङ अगाडि बढेको छ ।
अहिलेसम्म २३१८४ मत गन्ती गर्दा हर्क साम्पाङले माटो चिन्हमा ९१३३ प्राप्त गरेको छ । सरिन तामाङले चुनाब चिन्ह घण्टिमा ७४७२ मत ल्याएको छ । एमालेको१४८९ मत काङ्ग्रेसको १२५४ नेकपाको १७०५ मत प्राप्त गरेको छ ।
सुनसरी १ मा १५०३९३ मतदाता रहेकोमा ८७५८० मत खसेको छ । धरानमा खसेको मत ६३७७० हो । बराहक्षेत्रमा १६८५० खसेको हो । रामधुनिमा ६९६० मत खसेको छ ।






