अनलाइन मिडिया एसोसिएसनले नेपाली कम्युनिस्ट पार्टीबाट पैसा लिएको भ्रामक तथ्यहिन अफवाह

अनलाइन मिडिया एसोसिएसनले नेपाली कम्युनिस्ट पार्टीबाट पैसा लिएको भ्रामक तथ्यहिन अफवाह

धरान । धरानस्थित अनलाइन मिडिया एसोसिएसन नेपालले आफूहरूमाथि सार्वजनिक रूपमा लगाइएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पत्रकारिता क्षेत्र पारदर्शिता, निष्पक्षता र जनउत्तरदायित्वका आधारमा अघि बढिरहेको सन्दर्भमा एसोसिएसनले आफ्नो संस्थाको नाम जोडेर कपोलकल्पित आरोप लगाइएको उल्लेख गरेको छ।

एसोसिएसनका अध्यक्ष स्वोर्णिमहाङ फोम्बो र सचीव अशोक विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, कुनै राजनीतिक दल (नेपाली कम्युनिष्ट पार्टी उल्लेख) बाट १ लाख ५० हजार रुपैयाँ लिएको भन्ने आरोप असत्य रहेको स्पष्ट गरिएको छ। सो रकम एसोसिएसनले आधिकारिक रूपमा नलिएको, न त कुनै प्रचार–प्रसार सामग्री संस्थालाई उपलब्ध गराइएको र न त संस्थाको नामबाट कुनै प्रचार–प्रचार गरिएको जनाइएको छ।

निर्वाचन आचारसंहिताअनुसार कुनै सञ्चारमाध्यम वा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रचार गर्न नपाइने व्यवस्था रहेको स्मरण गराउँदै एसोसिएसन सधैं प्रेस स्वतन्त्रता र व्यावसायिक मर्यादाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

यदि संस्थासँग आबद्ध कुनै सदस्यले व्यक्तिगत रूपमा कसैबाट रकम लिएको प्रमाणित भएमा संगठनात्मक नियमावली तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ। साथै, निराधार आरोप फैलाउने व्यक्ति वा समूहविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

अन्त्यमा, सत्यतथ्य र जिम्मेवार सूचना प्रवाहमा सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिएको छ। (तस्बिर : AI)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित