प्रेस काउन्सिल नेपालको अपिल : मौन अवधिमा आचारसंहिता पालना गर्न आग्रह

प्रेस काउन्सिल नेपालको अपिल : मौन अवधिमा आचारसंहिता पालना गर्न आग्रह

काठमाडौं, १८ फागुन २०८२ — प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत लागू हुने मौन अवधि (स्थिर समय) मा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ।

काउन्सिलका अनुसार २१ फागुनमा हुने निर्वाचनका लागि प्रचार–प्रसारको समय १८ फागुन राति १२:०० बजेसम्म मात्र रहनेछ। त्यसपछि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू हुनेछ। मौन अवधिमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा विचार, विश्लेषण, अन्तर्वार्ता, बहस, प्रश्नोत्तरजस्ता कार्यक्रम गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, प्रचार सामग्री, चुनाव चिन्ह अंकित सामग्री, भण्डा–व्याङ्ग्य, श्रव्य–दृश्य सामग्री तथा सामाजिक सञ्जालमार्फत कुनै पनि प्रकारको प्रचार–प्रसार नगर्न काउन्सिलले आग्रह गरेको छ। मौन अवधिमा आचारसंहिता उल्लंघन भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रेस काउन्सिलले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सञ्चार क्षेत्र जिम्मेवार र सचेत रहनुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित