संखुवासभा । संखुवासभा जिल्लाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज (आज)शनिबार बिहान भत्किएको छ ।
आफू तराईमा रहेको अवस्थामा शनिबार बिहान भत्किएको सुनेको कुरा मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिए । भारी सामान सहितको कारण हुनसक्ने भन्दै आफू पनि स्थलगत नपुगेको जानकारी अध्यक्षले दिए । पालिकाका कर्मचारी कोषराज राईले आफू निर्वाचनका लागि दुईदिन अघि खाँदवारी झरेको बेलिबृज भत्किएको थाहा भएको बताए ।
स्थानीयका अनुसार बिहान निर्माण सामग्री बोकेको भारी गाडी पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेको हो । पुल भत्किएसँगै नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यातायातसंगै आवतजावत पनि ठप्प बनेको छ । अब त्यहाँ आवागमन सुचारू हुन भने केही महिना लाग्ने कुरा अध्यक्ष ओङ्दी शेर्पाले जानकारी दिए । तस्बिर : नागरिक चासो





