सुनसरी धरान अशोक बिश्वकर्मा, देश चुनाबी माहोलमा होमिएको छ । देशै भरी पार्टीहरुले आ-आफ्नो एजेन्डा सुनाउदै भोट मागी रहेका छन । देशै निर्वाचन मय भएको बेला उम्मेद्बारहरुले निर्वाचन आचारसंहितामाको पालना गर्नु पर्छ । धरानका पुर्व मेयर तथा श्रम संस्कृति पार्टिका अध्यक्ष सुनसरी क्षेत्र नं १ का उम्मेद्बारी हर्क साम्पाङ को पार्टिले निर्वाचन आचारसंहितामा उलंघन गरेको र स्पस्टिकरण सोध्दा समेत चित्तबुझ्दो नभएका भन्दै निर्वाचन आयोगले रु २५ हजार जरिवान तोकेको छ ।





