दुई वर्षदेखी रोक्का गरिएको धरान डाँडा घोपामा जग्गा बिक्री–वितरण फुकुवा

दुई वर्षदेखी रोक्का गरिएको धरान डाँडा घोपामा जग्गा बिक्री–वितरण फुकुवा

– निमा पोङ्स्युवा
धरान । धरान उपमहानगरपालिका–१७ स्थित डाँडा घोपामा प्रस्तावित एयरपोर्ट निर्माणका कारण रोक्का राखिएको जग्गा बिक्री–वितरण फुकुवा गरिएको छ।

धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मिति २०८२/११/१२ (नेपाल संवत् ११४६) मा जारी पत्रमार्फत उक्त जानकारी दिएको हो। यसअघि मिति २०८०/०५/११ गते नगर प्रमुखस्तरीय निर्णयअनुसार सो क्षेत्रमा प्रस्तावित एयरपोर्ट निर्माणका लागि जग्गा बिक्री–वितरणको सिफारिस रोक्का राखिएको थियो।

लामो समयसम्म एयरपोर्ट निर्माणसम्बन्धी कुनै ठोस प्रगति नभएको तथा व्यक्तिगत स्वामित्वका जग्गा बिना कारण रोक्का राख्नु उपयुक्त नदेखिएको भन्दै स्थानीय जग्गाधनीहरूले रोक्का फुकुवाको माग गरेका थिए। सोही मागलाई मध्यनजर गर्दै इन्कर्पोरेट प्रा.लि.को नाममा रहेको जग्गा बाहेक अन्य जग्गाको बिक्री–वितरण सिफारिस आजको मितिबाट फुकुवा गरिएको कार्यालयले जनाएको छ।

यस सम्बन्धमा मालपोत कार्यालय धरान–६ र नापी कार्यालय धरान–६ लाई बोधार्थ पठाइएको छ।
पत्रमा कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित