सुनसरी धरान अशोक बिश्वकर्मा,धरान उपमहानागरपालिकाका का व मेयर अइन्द्र बेघाले केहि दिन अगाडि सिरिन्ज भित्र बाल बच्चाले खाने मिठाई आफ्नो कार्यालयमा ल्याएर त्यसको बिक्री वितरणमा रोक लगाएपछि सामाजिक संजानमा उनको हाईहाई भएको थियो। यस अघि पनिउनले जनताको स्वास्थ्यमा प्रतक्ष्य असर पर्ने यस किसिमका सामाग्री हरुमा कडा निगरानी साथै कारबाही गर्दै आएका छन्। उनले यस अघि बालाबाहिकाको स्वास्थमा प्रतक्ष्य असर पर्ने सिरिन्ज भित्रको मिठाइ पूर्ण रुपमा धरानमा प्रतिबन्ध लगाएको खबर आए संगै सम्बन्धित व्यक्ति लाई समेत बोलाएका थिए। आज सम्बन्धित व्यक्ति ले सिरिन्ज भित्रको मिठाइ झापा बाट ल्याइएको हो तर मैले बिक्रि वितरण नै नगरी यसलाई टेस्ट गर्नु पर्छ भनेर राखेको हो भनेका छन् । बजारमा एउटा खालि सिरिन्जको मुल्य नै १५ देखि २० रुपया रहेको तर बजारमा यो मिठाईको मुल्य ५ रुपया मात्र भएका कारण पनि यसमा धेरै नै संका उत्पन्न भएको छ।






