प्रेस काउन्सिल नेपालको चेतावनी : निर्वाचन प्रभावित पार्ने सामग्री नप्रसारण नगर्न आग्रह

प्रेस काउन्सिल नेपालको चेतावनी : निर्वाचन प्रभावित पार्ने सामग्री नप्रसारण नगर्न आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट प्रसारण भइरहेका सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मिडियाको रूपमा दर्ता/अभिलेखीकरण नभएका सामाजिक सञ्जाल, युट्युब च्यानल, फेसबुक पेजलगायतबाट निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामग्री सम्प्रेषण भइरहेको उल्लेख गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्‍याउने, होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक, मिथ्या, गलत तथा भ्रामक सूचना प्रवाह गर्ने कार्यप्रति आपत्ति जनाएको हो।

कानुनअनुसार दर्ता नभएका तर मिडियाको आवरणमा सञ्चालित सामाजिक सञ्जालका गतिविधिबारे निर्वाचन आयोगमा उजुरी परेको र अनुगमन तथा कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ। विशेष अनुगमनका क्रममा आचारसंहिताविपरीत सामग्री प्रकाशन/प्रसारण भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

काउन्सिलले निर्वाचनजस्तो संवेदनशील समयमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण नगर्न/नगराउन सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै लाइक, सेयर, कमेन्ट, प्रतिक्रिया जनाउने क्रममा समेत जिम्मेवार बन्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अटेरी गरी पटक–पटक भ्रामक तथा आचारसंहिता उल्लंघन गर्ने सामग्री सम्प्रेषण गरेमा नेपाल प्रहरी, साइबर ब्युरोलगायतका निकायमार्फत अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित