– निमा पोङ्स्युवा
उम्मेदवारको सङ्क्षिप्त परिचयः
नगेन्द्र बहादुर लिम्बु (पारघरी) मोरङ जिल्लाको लेटाङ-१ मा जन्म भई हाल सुनसरीको धरान-१५ मा स्थायी रूपमा बसोबास गर्दै आउनु भएको छ। उहाँले श्री शान्ति भगवती माध्यमिक विद्यालय, लेटाङ-४ बाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह पूरा गर्नुभएको छ।
२०४६ सालमा अनेरास्ववियु (छैठौं) मार्फत विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँ लोकतान्त्रिक तथा पहिचान/अधिकारमुखी आन्दोलनहरूमा नेतृत्वदायी भूमिकामा निरन्तर सक्रिय रहनुभएको छ। २०७४ सालको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्यको प्रत्यासी उम्मेदवार रहनु भएका उहाँ तीन वर्ष प्राथमिक विद्यालय शिक्षकका रूपमा सेवा गरिसक्नु भएको छ। उहाँले सामुदायिक वन उपभोक्ता महासंघमा १४ वर्षसम्म प्रदेश प्रतिनिधिका रूपमा सफल कार्यकाल पूरा गर्नुभएको छ। साथै, लेटाङ-१ नागरिक वडा मञ्चको संयोजकका रूपमा जनप्रतिनिधिविहीन अवस्थामा खुल्ला दिशामुक्त कार्यक्रम अन्तर्गत साविक भोगटेनी क्षेत्रको संयोजक भई जिम्मेवारी निर्वाह गर्नुभएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत निवर्तमान माननीय अशोककुमार राईको सचिवालयमा कार्य गरेको अनुभव पनि उहाँसँग छ। केही समय वैदेशिक रोजगारीमा रहँदै आदिवासी जनजाति तथा गैरआवासीय नेपाली समाजमा पदाधिकारीका रूपमा सक्रिय रहनु भएका उहाँ हाल जनता समाजवादी पार्टी (जसपा) प्रदेश नं. १ का मुख्य सचिव, पूर्व धरान नगर अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का अध्यक्ष रहनु भएको छ।
हाम्रा प्रतिबद्धताहरू
१. प्रदेश नं. १ को शिक्षा र सूचनाको केन्द्रीय सहरको रूपमा विकाश गर्न स्थानीय सरकार सँग समन्वय गरि काम गर्न ।
२. धरान बिगतमा नेपालकै शैक्षिक केन्द्रको रूपमा स्थापित थियो । धरानमा, इन्जिनियरिङ, खाद्य प्रविधि, संस्कृत, कानुन, मानविकी, र व्यवस्थापन पढाई हुने एक मात्र नेपालको शैक्षिक सहर हो । पूर्वाधार र वातावरण हिसाबले धरान अत्यन्त उपयुक्त क्षेत्र भएकोले शैक्षिक केन्द्रको रूपमा विकाश गर्न ।
३. धरान ऐतिहासिक सांस्कृतिक सहर हो। यसको ऐतिहासिक महत्व लाई कायम राख्दै धरान र आसपासका क्षेत्रहरूलाई समेटेर स्मार्ट सहरको रूपमा विकास गर्न ।
४. प्राचीन हरिद्वारको नामले परिचित बराह क्षेत्रको समग्र विकाश गर्न ।
५. परम्परागत खेती प्रणालीबाट खेती योग्य जमिन लाई व्यावसायिक खेती प्रणालीमा लान ।
६. आदिवासी जनजाति लगायत अन्य धार्मिक समुदायका आस्था र विश्वास सँग सम्बन्धित धार्मिक स्थलहरूको संरक्षण र विकाश गर्न ।
७. धरान विष्णुपादुका क्षेत्रका पहाडी इलाकाहरूलाई पर्यटन क्षेत्रको विकाश गर्न ।
८. खेलकुद पर्यटनको पूर्वाधार तयार पार्न ।
९. खानेपानीको दीर्घकालीन समाधान गर्नका लागि संघीय सरकारले धरान लाई प्राथमिकतामा राखेको भए पनि स्थानीय सरकारले खानेपनि समस्याको समाधान गर्ने वातावरण नबनाउदा खानेपानी समस्या समाधान हुन सकेन । आयोजना कार्यान्वयनका लागि उचित वातावरण तयारपारि खानेपनिको दीर्घकालीन समस्या समाधान गर्ने ।
१०. साहित्यानुरागीहरूका लागी साहित्य श्रृजना गर्न आवासीय वातावरण तयार गर्न ।
११. सुनसरी १ नं निर्वाचन क्षेत्र कला, संगीत र साहित्यको उर्बर भूमि हो। कलाकार, संगीतकारहरूको क्षमता बृद्धि गर्न कार्यशाला स्थलको निर्माण गर्न।
१२. धरान ६ मा प्रस्तावित औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न र व्यवसायीहरूलाई लगानी गर्न वातावरण तयार गर्ने।
१३. प्रस्तावित धरान-लेवति सुरङ्ग मार्ग सम्पन्न गरि धरान लाई व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने ।
१४. धरान गोर्खा लाहुरेहरूको शहर हो। लाहुरेहरूको सिप र दक्षताको उपयोग गर्दै लाहुरेहरूको आम्दानीलाई लगानी गर्नका लागी वातावरण बनाउन ।
१५. गोर्खा भूतपूर्व सैनिकहरूको नागरिकतालाई बिना सर्त कायम गर्न ऐनको व्यवस्था गर्ने ।
१६. सिङ्गापुर प्रहरिहरूको परिवारले रोजगारी गर्न पाउने व्यवस्थाका निम्ति जी टु जी पहल गर्ने।
१७. विपन्न वर्गको जीविकोपार्जन सुनिश्चित गर्न श्रमसँग जोडिएका आयमूलक कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य र शिक्षाको ग्यारेन्टीका लागि बीमा योजना लागु गर्ने ।
१८. खेलकुद र संगीतको उर्बर भूमि सुनसरी १ लाई मान्ने गरिन्छ। विश्वमा खेल मनोरञ्जन र स्वास्थ्य सँग मात्र सीमित छैन खेलकुद क्षेत्र उद्योग, पर्यटन र खेलकूटनीतिको रूपमा प्रयोग र विकाश भएकोछ । सुनसरी-१ लाई अब केवल खेलाडी उत्पादन गर्ने क्षेत्र होइन, Sports Tourism को केन्द्रका रूपमा विकास गरिनेछ। आधुनिक रङ्गशाला, व्यवस्थित कभर्ड हल र संगीत विश्वविद्यालय जस्ता पूर्वाधारमा राज्यको ध्यान केन्द्रित गरिनेछ।
१९ . धरान १६ स्थित रङ्गशालालाई राष्ट्रिय स्तरको रङ्गशालाको रूपमा विकास गर्न ।
२०. वर्षायाममा खोला खहरेहरू बाट उत्पन हुने बिपद् लाइ न्यूनीकरण गर्न बिपद् व्यवस्थापन बैंक को स्थापना गरि स्थानीय सरकारको मातहतमा सञ्चालन गर्ने ।
२१. श्रम बैंकको स्थापना गरी दक्ष श्रम शक्तिको लगत तयार गरि श्रम शक्तिको उपयोग गर्न आवश्यक बन्दोबस्त गर्ने ।
२२. सुनसरी-१ भित्र सञ्चालनमा रहेका ठूला विकास योजनाहरूलाई निरन्तरता दिँदै तोकिएको समयमै सम्पन्न गराउन प्रभावकारी पहल गर्ने, साथै कोकाहा खोला, सेउती खोला र सुपारे खोलामा आवश्यकता अनुसार पक्की पुल निर्माणको व्यवस्था गर्ने।
२३. प्राकृतिक वन-जंगल, सूक्ष्म जलाधार क्षेत्र तथा सिमसारहरूको संरक्षण, सम्वर्द्धन र दिगो व्यवस्थापनमा जोड दिने ।
<span;>२४. धरान क्षेत्रभित्र रहेका विद्युत् हाई-टेन्सन लाइनहरू स्थानान्तरण गरी सुरक्षित र व्यवस्थित विद्युत् पूर्वाधार निर्माणका लागि पहल गर्ने।
२५. सेउती करिडोर निर्माणलाई प्राथमिकतामा राखी आवश्यक समन्वय र पहल गर्ने।
२६. धरान-१९ हरियाली देखि रामधुनी-६ बकलौरी सम्मको सडक मार्ग स्तरोन्नति गरी सुरक्षित र सहज यातायात सुनिश्चित गर्ने।
चुनाव चिन्ह ‘जाँतो’ मा आफ्नो अमूल्य मत दिई ‘सबैको पहिचान, सबैको सम्मान; मुलुकको समुन्नति हाम्रो अभियान’ भन्ने राजनीतिक मान्यतालाई विजयी बनाऔं।”
जनता समाजवादी पार्टी (जसपा) का नाराहरू :
सबैलाई पहिचान, सबैलाई सम्मान ! मुलुकको समुन्नति हाम्रो अभियान !
हाम्रो भाषा हाम्रो संस्कृति, हाम्रो पहिचान राष्ट्रिय सम्पत्ति !
बहुभाषी, बहुभेष; विविध संस्कृति एक देश !
जाँतोमा भोट, भ्रष्टाचारीलाई चोट ।
पहिचानको आन्दोलन जारी छ ।
हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो शासन ।
आदिवासी ज्ञान, स्थानीय उत्पादन, आत्मनिर्भर समाज ।
समानुपातिक समावेशिता, सामाजिक न्याय र सुशासन ।
NO KOSHI, NO CABLE CAR
हाम्रो जाँतो, मुक्तिको साझा बाटो ।
तीन शक्ति एकै बाटो, चुनाव चिन्ह जाँतो।
अन्याय र विभेदलाई जाँतोमा पिधौँ, अधिकार र समृद्धिको जग बसालौँ ।
सबैलाई पहिचान सबैलाई सम्मान, चुनाव चिन्ह जाँतोको यही हो अभियान ।





